Loading...
Logo
Image

सरकारले भन्यो आफ्नो टोल छिमेकमा नयाँ मान्छे आए ७ दिन क्वारेन्टाइनमा राख्नु

सरकारले आफ्नो टोल छरछिमेकमा नयाँ मान्छे आए ७ दिन क्वारेन्टाइनमा राख्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले टोलमा नयाँ मान्छे आए ७ दिन क्वारेन्टाइनमा राख्न अनुरोध गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा   उनले भने, ‘तपाईँको टोल छिमेक वा गाउँमा नयाँ मान्छे आएको छ भने छिमेकीले त्यस्ता मान्छेलाई ७ दिन क्वारेन्टाइनमा राख्नू ।’

उनले कोरोना संक्रमित आइसोलेनबाट घर बाहिर निस्कन सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरे । आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमित घर बाहिर निस्कन सक्ने भएकाले टोल छिमेकीले र घर परिवारले ध्यान दिन अनुुुरोध गर्दै उनले भन, 'रोग अरूलाई सर्न सक्ने भएकोले घरबाट बाहिर निस्के नजिकको सुरुक्षाकर्मीलाई खबर गर्नु'। 

Comments