Loading...
Logo
Image

प्रचण्डसहित सचिवालयका ५ सदस्यले ओलीलाई सामुहिक भेट गर्ने

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले शनिबार बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको सचिवालयको बैठकको निष्कर्षअनुसार भेटको समय मिलाइएको हो ।

नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार  प्रधानमन्त्री केपी ओलीले ९ बजेका लागि समय उपलब्ध गराएका छन्। पार्टीभित्र चर्किदो विवादले ओली र प्रचण्डको संवाद तिक्ततापूर्ण बनेपछि सचिवालयका सदस्यले सामूहिक भेट गर्न लागेका हुन् ।

प्रचण्ड र ओलीबीच हिजो भएको भेटमा पनि सामूहिक छलफल गर्ने अनौपचारिक सहमति भएको थियो । त्यतिबेला प्रचण्डले पहिला आफूले नेताहरूसँग छलफल गर्ने र त्यसपछि संयुक्त रूपमा आउने बताएका थिए । अनौपचारिक रूपमा सचिवालयका सदस्यवीच छलफलका लागि धुम्बाराहीमा बस्ने जानकारी ओलीलाई पनि गराइएको थियो ।

Comments