- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयुर्वेदिक औषधिको ट्रायल परीक्षण सुरु गरेको छ । तीन वटा अस्पतालबाट आयुर्वेदिक औषधिकाे ट्रायल परीक्षण सुरु गरिएको हो ।
जनकपुरको प्रादेशिक अस्पताल, वीरगन्जको कोभिड अस्पताल र भैरहवाको भिम अस्पतालमा ट्रायल परीक्षण सुरु गरिएको एनएचआरसीका रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलले बताए । ‘३ वटा अस्पतालमा ट्रायल परीक्षण सुरु गरेका छौं । १० दिन भयो सुरु गरिएको । नतिजा राम्रो देखिएको छ,’ उनले भने ।
पटेलका अनुसार आयुर्वेदिक औषधि प्रयोग गरिएका कोरोना संक्रमित निको भएका छन् । ‘औषधि प्रयोग गरिएका ३ जना डिस्चार्ज भएका छन् । २ जना वीरगन्जमा र एक जना जनकपुरमा डिस्चार्ज भएका हुन्,’ उनले भने, ‘संक्रमितको रुघाखोकी, ज्वरो निको भएको छ । खाना रुच्न थालेको छ । गन्ध थाहा पाउन थालेका छन । पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।’
जेठीमधु र त्रिकटुको औषधि बनाएर ट्रायल परीक्षण सुरु गरिएको हो । ‘यी औषधि पहिला पनि प्रयोग गरिएको थियो । बजारमा अहिले पनि किन्न पाइन्छ,’ डा. पटेलले भने, ‘संक्रमितलाई बिहान बेलुका खुवाइएको छ ।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयुर्वेदिक औषधिको ट्रायल परीक्षण गर्ने भएको छ । परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले अर्को सातादेखि आयुर्वेदिक औषधिको ट्रायल परीक्षण सुरु गरिने बताए । ‘मन्त्रालयबाट पनि सहमति आएको छ । अर्को हप्तादेखि ट्रायलमा लैजान्छौँ,’ उनले भने, ‘सुरुमा ५० जनालाई औषधि दिन्छौँ । ५० जनालाई दिदैँनौँ । औषधिको प्रयोग गर्दा र नगर्दा के फरक आयो, हेर्छौं । राम्रो नतिजा आयो भने मासमा लैजान्छौँ ।’
परीक्षण प्रदेश ५ र कीर्तिपुरको आयुर्वेद अस्पतालमा गरिनेछ । एनएचआरसीले आयुर्वेदका विज्ञहरूसँग मिलेर सिंहदरबारस्थित वैद्यखानामा औषधि बनाएको हो ।
एनएचआरसीका रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलले जेठीमधु र त्रिकटुको औषधि बनाइएको बताए । ‘चीन र भारतमा पनि कोभिडका बिरामीलाई जेठीमधु र त्रिकटुको प्रयोग गरिएको थियो । राम्रो नतिजा आएको थियो,’ उनले भने, ‘हामीले प्रयोग गर्दै आएको आयुर्वेदको औषधिलाई ट्रायल परीक्षण गर्न लागेका हौँ ।’
डा. पटेलका अनुसार जुेठीमधुले घाँटीको समस्या हटाउँछ । ‘कोभिडका बिरामीमा घाँटीमा समस्या देखिएको छ । जेठीमधुले घाँटी खसखस गर्ने चिलाउने हटाउन मद्दत गर्छ,’ उनले भने, ‘एक दुई दिनमै घाँटीको समस्या ठीक हुन्छ ।’
त्रिकटुले रुघाखोकी र ज्वरो निको बनाउन सहयोग गर्नेछ । ‘त्रिकटुमा हाम्रै वरिपरिका जडीबुटी प्रयोग गरेर बनाएको औषधि हो । मरिच, पिपला र सुकेको अदुवाबाट बनाइएको हो,’ उनले भने, ‘त्रिकटुले रुघाखोकी र ज्वरो निको बनाउन सहयोग गर्छ ।’
डा. पटेलले आयुर्वेदिक औषधिले भाइरसलाई मार्न सहयोग गर्ने, कोभिडको रासायनिक तत्त्व प्रोटिनलाई रोक्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र खाना पचाउने बताए । ‘संक्रमितलाई गम्भीर अवस्था नहोस् भनेर रोक्ने प्रयास गरेका छौं,’ उनले भने, ‘सामान्य र मध्यम लक्षणमै कोभिडलाई रोक्ने प्रयास हो ।’
ट्रायल परीक्षणमा राम्रो नतिजा आयो भने मासमा लैजाने एनएचआरसीको तयारी छ । ‘सुरुमा ५० जनालाई औषधि दिन्छौँ । ५० जनलाई दिदैँनौँ । औषधिको प्रयोग गर्दा र नगर्दा के फरक आयो, हेर्छौं । राम्रो नतिजा आयो भने मासमा लैजान्छौँ,’ उनले भने ।
नेपालमा मात्र होइन चीन र भारतमा पनि कोभिडका बिरामीलाई जेठीमधु र त्रिकटुको प्रयोग गरिएको थियो । त्यहाँ राम्रो नतिजा आएपछि नेपालमा पनि प्रयोग गरिएको हो ।
पोजिटिभ भएका बिरामीलाई खुवाए ब्लड स्याम्पल लिएर रगतमा के–के परिवर्तन आयो ? एन्टिबडी बन्न कति समय लाग्यो हेरिनेछ । एनएचआरसीले आयुर्वेदका विज्ञहरूसँग मिलेर सिंहदरबारस्थित वैद्यखानामा औषधि बनाएको हो ।
-
8 months ago
सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?
-
-
Comments