- पालेर्मो प्रोटोकल कार्यान्वयनका लागि ऐनहरूमा गर्नुपर्ने संशोधनबारे छलफल
- तिनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग निर्माण हुने
- नबकान्तिपुर साकोसको २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश घोषणा
- पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको 'स्कार्फ' नियात्रा संग्रह सार्वजनिक
- जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

काठमाडौं बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिबार सम्पन्न संस्थाको साधारणसभालेे आफ्ना सदस्यहरुलाई १८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आर्थिक वर्ष २०७६-७७ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । सिटौलाले प्रतिवेदन पेशगर्ने क्रममा आर्थिक वर्ष ०७६-७७ को असार मसान्तसम्ममा कुल निक्षेप २ अर्ब ३६ करोड ८४ लाख ७९ हजार ६ सय ४ रुपैंया रहेको र कर्जा लगानी १ अर्ब ३२ करोड ९१ लाख ४४ हजार ८ सय ८५ रुपैंया पुगेको जानकारी दिए। त्यसैगरी संस्थाको चुक्ता पूँजि ७ करोड ४ लाख ९० हजार ५ सय रुपैंया, जगेडा तथा अन्य कोषहरु १८ करोड २० लाख ८१ हजार १ सय ५५ रुपैंया रहेको र संस्थाको सञ्चालन मुनाफा ३ करोड ९४ लाख ४५ हजार ३ रुपैंया भएको जानकारी गराईएको छ ।
सभामा प्रमुख आतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी संस्था सदस्यहरुको स्वायत्त संस्था भएकोले यसको विकास र नियमनको लागि यसका सदस्यहरुले नै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाले १५ बर्ष संस्थामा निरन्तर सेवा गरिरहेका ११ जना कर्मचारीहरुलाई जनहि ७५००१ रुपैयाँ नगद पुरस्कार सहित नवकान्तिपुर दीर्घ सेवापदक २०७७ द्वारा पुरस्कृत गरेको थियो ।
संस्थाले सामाजिक सेवामा पनि बिशिष्ठ योगदान पुर्याउदै आईरहेको छ ।
-
2 months ago
अबदेखी अन्तरबैंक एटिएम प्रयोगमा शुल्क लाग्ने
-
6 months ago
पेट्रोलको मूल्य फेरि बढ्यो
-
Comments