Loading...
Logo
Image

बैशाख मसान्तसम्म शहरी क्षेत्रका बिद्यालय बन्द गर्ने सरकारको निर्णय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना पनि नखुल्ने

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो । शहरी क्षेत्रका विद्यालय बन्द गरि अनलाइन कक्षा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

त्यसैगरि सिनेमा हल, रात्रिकालीन व्यवसाय,डान्सबार, क्लव, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

Comments