Loading...
Logo
Image

देउवाले दिए माधव नेपाललाई पार्टी फुटाउन सजिलो बनाइदिने आश्वासन, सरकारमा सामेल हुन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज नेपाल निवासमा पुगेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । 

देउवाले आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी व्यवस्था मिलाइदिन सक्ने आश्वासन पनि नेपाललाई दिएका थिए ।

‘म तपाईंको अप्ठेरो फुकाउन तयार छु । तपाईंले मलाई सहयोग गर्नुभएको छ । म पनि तपाईंलाई सहयोग गर्छु । तपाईं एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि तयार छु ।’ देउवाले नेपाललाई भनेको स्रोतले बतायो ।

Comments