Loading...
Logo
Image

एमालेले देउवालाई बिश्वासको मत नदिने

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

बैठकले देउवाले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्न पनि आफ्ना सांसदहरूलाई निर्देशन दिएको उनले बताए । 

'अलोकतान्त्रिक र अस्वस्थ ढंगबाट गठित सरकारलाई एमालेको कुनै समर्थन हुनेछैन । बैठकले सांसदहरूलाई विश्वासको मत नदिन निर्देशन दिएको छ,' प्रवक्ता ज्ञवालीले भने ।

बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले भूकम्पपछिको पुनर्निर्माण, खोपको सुनिश्चिततालगायतका विषयमा निर्वाह गरेको भूमिका सकारात्मक रहेको भन्दै धन्यवाद दिएको छ ।

Comments