Loading...
Logo
Image

बाटो नभएको जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाइने

बाटो नभएको जग्गा धितो राखेर पनि अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म  ऋण लिन पाउने ब्यवस्था गरेको हो ।

बैंकहरुले यसअघि ऋण लगानी गर्दा मोटरबाटो नभएका जग्गाहरु धितो लिन अस्वीकार गर्दै आएका थिए ।

मौद्रिक नीति अन्तर्गत १ करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसायका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने समेत ब्यवस्था गरिएको छ ।

Comments