Loading...
Logo
Image

बचत तथा मुद्दतीमा बैकहरुले ब्याज बढाए, निक्षेपमा बढि ब्याज दिन बैकहरुबिच होडबाजी

असोज १ गतेदेखि लागुहुनेगरि बैकहरुले बचत तथा मुद्दती खातामा ब्याज बढाउने भएका छन् ।

पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएसँगै बैंकहरुले बचत तथा मुद्दतीमा ब्याजदर बढाएका हुन्।

तरलता अभाव शुरू भएसँगै असोज महिनाका लागि बैंक तथा वित्तीय संस्थाले साधारण बचत र मुद्दती खाता दुवैको व्याजदर बढाएका हुन् ।

अधिकांस बैंक तथा वित्तीय संस्थाले मुद्दती खातातर्फको व्याजदर बढाएर करिब १० प्रतिशत पुर्‍याएका छन् ।

स्टाण्डर्ड चार्टर्ड, नेपाल एसवीआई, हिमालयन बैंक लगायतका केही बैंकहरूले थोरैमात्र ब्याजदर बढाएका छन् भने अन्य सबै बैंकहरूले प्रतिस्पर्धात्मक रुपमा व्याजदर बढाएका छन् । भदौ महिनाको तुलनामा बाणिज्य बैंकहरूले औसत १ देखि २ प्रतिशतसम्म व्याजदर बढाएका छन् ।

Comments