
काभ्रेको पांचखाल नगरपालिकाको वडा नम्बर ११ मा रहेको भगवती माध्यमिक विद्यालयमा बिगतमा अध्ययन गरेका विद्यार्थीहरुको संस्था भगवती मा वि पूर्व विद्यार्थी समाजको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको सो संस्थाको साधारण सभा पौष १० गते चावहिलस्थित पुष्पलाल कलेजमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष केशव प्रसाद बास्कोटाले संस्थाको सांगठनिक र प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष मदनराज भेटवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाले केशब बास्कोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सरस्वती थपलिया सचिवमा केशव प्रसाद जोशी कोषाध्यक्षमा मदन राज भेटवाल र सदस्यहरुमा पोषकलाल श्रेष्ठ, सन्तोष खरेल, बषन्त कुमार थपलिया, माधवप्रसाद खरेल र बलराम श्रेष्ठ रहेका छन् ।
२००८ सालमा स्थापना भएको सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु पहिलो पटक २०३४ सालमा एसएलसी परिक्षामा सहभागी भएका थिए ।
Comments