Loading...
Logo
Image

दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्ने

दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि हुने भएको छ ।  

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । योसँगै अब दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँबाट बढेर ८६ रुपैयाँ हुने भएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका प्रवक्ता डा. बालक चौधरीका अनुसार दुधको मूल्य बृद्धिका लागि  प्रतिलिटर १० रुपैयाँ बढाउने गरि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । उनका अनुसार बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले छलफलग गरेर नयाँ दूधको मूल्य निर्धारण गरिने छ ।

दुधको मूल्य बृद्धिसंगै दुधजन्य पदार्थको पनि मूल्य बृद्धि हुने भएकोले उपभोक्ताहरु अझै महंगीको मारमा पर्ने भएका छन् ।

Comments