Loading...
Logo
Image

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मंगलबार कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको गुरुङले  सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

'आज कोभिड संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छु । अफ्ठेरो महसुस नभए पनि आराममै छु । फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबैजनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ ।ʼ गुरुङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्  ।

संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा मंगलबार एन्टीजेन परिक्षण गर्दा गुरुङको रिपोर्ट पोजिटिभ आएको हो ।

अस्पतालका निर्देशक डा. विकास गौचनका अनुसार सामान्य खोकी र ज्वरो आएपछि कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको हो । उपमहासचिव गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअघि पनि उनलाई कोरोना पुष्टि भएको थियो  ।

Comments