Loading...
Logo
Image

आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

निगमले बुधबार रातिबाट लागूहुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ मूल्य बढाएको  हो ।

अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ, डिजेल १२२ र मट्टितेल १२२ रुपैयाँ पुगेको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

आन्तरिक हवाई ईन्धनमा पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

Comments

KATHMANDU WEATHER