Loading...
Logo
Image

सात दिन आइसोलेसनमा बसेपछि पून: परिक्षण गर्नुपर्दैन

सरकारले कोरोना संक्रमित व्यक्ति सात दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्न नपर्ने बताएको छ ।  त्यसका लागि  लगातार तीन दिन लक्षण नदेखिएको हुनुपर्नेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार सात दिनपछि संक्रमण सर्ने जोखिम न्यून भएका कारण पुनः परीक्षण गरिरहनुपर्दैन । अन्य देशका अनुसन्धानले होम आइसोलेसन बसेको ७ दिनपछि परीक्षण गर्न नपर्ने भएकोले लक्षणविहीन भएको अवस्थामा ७ दिनपछि पुनः परीक्षण गर्न पर्दैन ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूका लागि पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ । पाँच दिन अगाडि नै परीक्षण गर्दा खासै नतिजा नदिने भएकाले सरकारले पाँच दिनपछि मात्रै परीक्षण गर्न सुझाव दिएको हो ।

पाँच दिनपछि परीक्षण गर्दा पोजेटिभ देखिएमा पुनः सात दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । डा. पौडेलका अनुसार अस्पतालबाट डिस्चार्ज भएपश्चात तीन दिनपछि घरमा आइसोलेसनमा बसेर बाहिर निस्कन सकिने छ ।

स्रोत: Online Khabar

Comments