Loading...
Logo
Image

क्रिप्टोकरेन्सीको कारोवारमा संलग्न ३ जना पक्राउ

नेपाल प्रहरीले नेपालमा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाबाट खटिएको  विशेष टोलीले बिहीबार काठमाडौंको मिनभवनबाट उनीहरूलाई पक्राउ गरेको हो । 

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेराज श्रेष्ठ रहेका छन् । क्रिप्टोकरेन्सी तथा बिटक्वाइनबाट वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाले उनीहरूमाथि निगरानी राख्न विषेश टोली परिचालन गरेको थियो ।

पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको छ भने एक महिनामै १६ लाख बराबरको कारोबार देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार कानुन विपरीत कार्य  भएकोले यस्तो कार्य नगर्न, नगराउन अनुरोध गरेको छ । 

Comments

KATHMANDU WEATHER