Loading...
Logo
Image

शुक्रराज ट्रपिकल (टेकु) अस्पतालमा रोकिएको खोप कार्यक्रम भोलिबाट पुनः सुचारु हुने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल )मा रोकिएको खोप कार्यक्रम भोलिबाट पुनः सुचारु हुने भएको छ ।

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरेको थियो ।

Comments