# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले सो निर्णय गरेको हो ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । उनका अनुसार बालुवाटारमा शनिबार बसेको बैठकले संविधान अनुसार कानुन संशोधन गरेर जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने प्रवक्ता कार्कीले बताए ।
स्थानीय तहको निर्वाचन मिति सार्ने बहाना खोजिरहेका सत्ता गठबन्धनका नेताहरु चौतर्फी दबाब र बिरोधपछी जेठमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका हुन् ।
Comments