Loading...
Logo
Image

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (मंगलबार) राती १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । 

नेपाल आयल निगमको मंगलबार बसेको बैठकले प्रति लिटर तीन  तीन रुपैयाले बढाएर पेट्रोल प्रति लिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टीतेल प्रति लिटर १ सय २५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले बढाएर प्रति लिटर १ सय १६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर एक सयले बढाएर प्रति किलो लिटर बिक्री मूल्य अमेरिकी डलर एक हजार ९५ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

Comments

KATHMANDU WEATHER