Loading...
Logo
Image

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले माघ २४ गतेदेखि यातायातमा लगाउदै आएको  जोरबिजोर हटाउन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीले भोलिदेखि निजी सवारी र ट्याक्सीमा रहेको जोर विजोर प्रणाली हटाउन  सिफारिस गरेको हो।
 
आइतबार बसेको सीसीएमसीको बैठकले उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली भोलि माघ २४ गतेदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । 

सीसीएमसीले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको छ ।

यसका साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि पनि सिफारिस गरेको छ ।

Comments