
प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेअध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ। एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटार बैठकमा सहभागी भएका हुन् ।
आइतबार सत्तारुढ साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन आग्रह गरेका थिए । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव गरेका थिए ।
एमसीसी अनुमोदनको विवाद बढिरहेको बेला प्रधानमन्त्री नेताहरुबीच भेटघाट भएको हो । चुनाव अघि एमसीसी अघि बढाउँदा त्यसको नकारात्मक असर पर्ने देखिएकोले प्रचण्डले चुनाव पछि मात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेको अनुमान गरिएको छ ।
तीन शीर्ष नेता सहभागी उक्त बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव एमाले महासचिव शंकर पोखरेल पनि सहभागी भएका थिए । छलफल अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म चलेको थियो ।
Comments