Loading...
Logo
Image

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्कोआज बसेको बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको हो ।

स्थानीय निर्वाचन ऐनको दफा ३ अनुसार पदाधिकारीको समयावधि सकिनु दुई महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार सरकारले वैशाख अन्तिममै निर्वाचन गर्ने निर्णय गरेको हो । 

सरकारको निर्णय अनुसार अब ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक हुनेछ । यसअघि २०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।

यसअघि सत्ता गठबन्धनका नेताहरुको बैठकले २०७९ साल जेठ मसान्तभित्र निर्वाचन गर्न प्रस्ताव गर्ने निर्णय गरेको थियो भने निर्वाचन आयोगले जेठ ४ को मिति प्रस्ताव गरेको थियो । जेठ ४ गते चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।

Comments