Loading...
Logo
Image

गठबन्धनले जिते ६ महिना सरकार बन्दैन, बनेपनि टिक्दैन:ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार नबन्ने दाबी गरेका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वार्थका लागि मात्रै गठबन्धन गरेको टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार नबन्ने दाबी गरेका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वार्थका लागि मात्रै गठबन्धन गरेको टिप्पणी गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड भएकोमा उनले सत्तारुढ गठबन्धनको विरोध जनाए । ‘यहाँ एउटा युवा, चुनाव लड्न मन लाग्यो आयो, चुनाव लड्छ ठीक छ नि, एउटा युवा चुनाव लड्छु भन्दा गाडी फुटाउनुपर्छ ?’ ओलीले प्रश्न गरे ।

Comments