
विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणवापत शुल्क लिने मिडिया हबको निर्णयविरुद्ध जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ। अब मिडिया हबले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणवापत पैसा उठाउने बाटो खुलेको छ।
यसअघि मिडिया हबले ग्राहकसँग विश्वकप प्रसारणका लागि ५ सय रुपैयाँ उठाउने निर्णय गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो।
बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन् ।
बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकप प्रशारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो । त्यसैबीचमा अदालतमा रिट परेको थियो ।
-
1 month ago
यसरी सुरु भएको थियो विश्वकप फुटबल
-
1 month ago
विश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू
-
Comments