Loading...
Logo
Image

सट्टेबाजी गर्नेहरु त्रिवि क्रिकेट मैदानबाट समातिए

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

नेपाल र युएईबीच भइरहेको खेलमा  बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरिको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बल टु बल सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेटिङमा संलग्न रहेको आशंकामा  ४० जनाभन्दा बढीलाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएकाे छ । क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । कीर्तिपुर प्रहरी वृत्तमा राखेर स्क्रिनिङको काम भइरहेको सीआईबी स्रोतले बतायो। ‘ नियन्त्रणमा लिएका सबै जना संलग्न नहुन सक्छन्। त्यही छुट्याउने काम भइरहेको छ’ सीआईबीका एक उच्च अधिकारीले भने।  पक्राउ परेकाहरुबाट माेबाइल र  रकम  बरामद गरेकाे छ ।

Comments

KATHMANDU WEATHER