- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टको घरमा २ अज्ञात व्यक्ति पुगेर ज्यान मार्ने धम्की दिएका छन् ।
भट्टलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् । भट्ट र परिवारका सदस्य कोहि नभएको बेला बेला २ जनाले घरमा पसेर धम्की दिएको बताइएको छ । भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको प्रहरिले जानकारी दिएको छ ।
प्रहरिकाअनुसार धनगढी उपमहानगरपालिका-१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका-२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ । बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर मन्त्री त्यसलाई ठिक पार्छौ भन्दै धम्की दिएको भट्टले बताए ।
Comments