Loading...
Logo
Image

दोलखाका विवादित १० केन्द्रमा १५ गते पुन: मतदान गर्ने आयोगको निर्णय

 दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान बैठक बसेर मंसिर १५ लाई मतदानको मिति तोकेको हो ।

आयोगको स्थलगत भ्रमण र अध्ययनपछि वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको सिफारिससहित आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष प्रतिवेदन पेश गरेका थिए ।

सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र गमा पुनः मतदान हुने भएको हो ।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुनेछ ।

Comments