# Recent News

नेकपा एमालेका महासचिव शंकर पोखरलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।
एमालेले यी दुई जिल्लामा सत्तापक्षले बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गरेको थियो । तर, आयोगले पुनः मतदान गर्न आवश्यक नरहेको निर्णय गर्दै मतगणना गर्न निर्देशन दिएको थियो ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’
अहिले स्याङ्जाको मतगणना भइरहे पनि बाजुराको सुरु हुन नसकेका बेला एमाले महासचिव पोखरेलको पछिल्लो टिप्पणी आएको हो । उनले यी दुई जिल्लामा सत्ता पक्षले सेटिङ मिलाएर धाँधली गरेको आरोप लगाएका छन् ।
Featured News
-
2 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
-
Comments