Loading...
Logo
Image

विश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

विभिन्न परिवेश र पृष्ठभूमिका मानिसहरूले फिफा विश्वकपको परिणामबारे अनेक तरिकाबाट अनुमान लगाउने गरेका छन्। यसरी अनुमान लगाउनेहरूले बाजी हाल्न लगाएर थुप्रै पैसा कमाउने र गुमाउने पनि गर्दछन् । वित्तिय संस्थाहरूले बजारको अनुगमनका लागि आवश्यक हुने प्रक्षेपण यकिन गर्ने उद्देश्यले यस्ता काम गर्छन् । तर सही तरिकाले खेलको परिणाम अनुमान गर्न नसक्दा उनीहरूले तय गरेका प्रारूपहरूलाई नराम्री असर गर्छ । त्यस्तै खालका तर्क ब्राजिलको एथोस सलोमजस्ता तथाकथित भविष्यवक्ताले पनि गर्ने गर्छन् । उनले कोभिड–१९ को विश्वव्यापी महामारी र रूसले युक्रेनमा गर्न लागेको हमलाको अनुमान गरेको दाबी गर्दै आएका छन्। यदि फुटबल खेलको परिणाम पनि सही साबित भयो भने त्यस्ता भविष्यवक्ताको शक्तिले केही हदसम्म वैधता पाएको पनि देखिन्छ ।
यहाँ खेलाडी र प्रशिक्षकसहित विज्ञ टोलीले गर्ने अनुमानलाई पनि बिर्सन मिल्दैन । त्यस्ता अनुमानहरू प्रतियोगिता अगाडि विश्वभरिका सञ्चारमाध्यमले सार्वजनिक गर्ने गर्दछन् । तर त्यसमा खासै सत्यता भने पाइँदैन । फुटबलको प्रशासकीय निकाय फिफाका अनुसार अहिले कतारमा भइरहेको खेल विश्वभरका करिब पाँच अर्ब जनताले हेर्छन्। यूकेको ल्यानकास्टर विश्वविद्यालयस्थित अर्थ विश्लेषक प्राध्यापक रोबर्ट सिमोन्स भन्छन्, ।।।खेलमा बाजी मार्ने विषय मानिसको सन्तोषसँग जोडिएको हुन्छ, चाहे त्यो पैसासँग जोडिएको विषय होस्वा पैसा नै नभएको विषय किन होस्।’ तर अर्जेन्टिनाले साउदी अरेबियासँग हार्ने र जर्मनीले जापानसँग हार्ने जस्ता विषयले खेलमा अनुमान गरेर बाजी राख्नु कति जोखिमपूर्ण छ भन्ने देखाइसकेको छ । त्यही विषयलाई ध्यानमा राखेर हामीले विजेताको अनुमान गरिने केही तरिका यहाँ प्रस्तुत गरेका छौँ । तर यी कुनै पनि तरिकामा वैज्ञानिक तथ्य भने पाउन सकिदैन ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग डिसेम्बर १८ तारिखमा कुन देशले विश्वकपको ट्रफी उचाल्छ भन्ने अनुमान गर्न सबैभन्दा नयाँ तरिका भनेका एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्स हुन्। तथ्यांक विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्सबारे यूकेमा रहेको एउटा महत्वपूर्ण अनुसन्धान केन्द्र एलन ट्युरिब इन्स्टिट्युटले यसबारे अनुमान गर्छ । उक्त इन्स्टिच्युटका वैज्ञानिकहरूले विगतका परिणाम र तथ्यांक प्रयोग गरेर ६४ वटा विश्वकप खेलका एक लाख कम्प्युटर सिमुलेसन चलाउँछन्। त्यस्ता झण्डै चारमध्ये एउटा सिमुलेसनमा पाँच पटककोविजेता ब्राजिल सबैभन्दा माथि र त्यसपछि बेल्जियम अनि दुई पटककोविजेता अर्जेन्टिना र फ्रान्स आएका छन् । तर इन्स्टिच्युटले विज्ञप्ति नै जारी गरेर आफ्ना अनुमानलाई आधार बनाएर कुनै किसिमको बाजी राख्नसिफारिस भने नगर्ने जनाएको छ । तपाईँले अपनाउने विधि जति नै राम्रो भए पनि फुटबल यसै भन्न सकिने खेल होइन । विगतका दुई प्रतियोगितामा यूबीएस, आईएनजीलगायतका कयौँ वित्तीय संस्थाहरूले विजेताबारे गरेको अनुमान गलत साबित भइसकेको छ । तर लन्डनमा रहेको लिबेरियम क्यापिटल भनेअपवाद निस्केको थियो । उसका रणनीतिकारले विकास गरेको एल्गोरिदमलेसन् २०१४ र सन् २०१८ को विश्वकप विजेताको सही अनुमान गरेको थियो। तर वित्तिय समाचार वेबसाइट मार्केटवाचलाई इभेन क्लेमेन्टले जनाए अनुसार उसले अपनाएको पद्धतिबाट ४५ प्रतिशत कुन टोलीले जित्छ भनेर अनुमान गरेपनि बाँकी ५५ प्रतिशत भने भाग्यको कुरा हो।
जनावरले गर्ने भविश्यवाणी पान्डा, न्याउरी मुसो, ऊँटजस्ता जनावरहरूलाई पनि फुटबलको भविश्यवक्ताका रूपमा प्रयोग गरिँदै आएको छ । सन्२०१० को विश्वकपका बेला स्पेनले विश्वकप जित्ने सही अनुमान अक्टोपसले गरेको थियो। शृखलाबद्ध रूपमा उसले गरेका भविश्यवाणी मिलेपछि उक्त अक्टोपसलाई कुशल भविष्यवक्ताका रूपमा हेरिएको थियो । जर्मनीको पल नामक अक्टोपसलाई खानेकुरा राखिएका दुईवटा बाकस देखाइएको थियो जसमा देशका झण्डाहरू सजाइएको थियो । पलले १४ पटकमा १२ पटक सही अनुमान गरेको थियो । प्रतियोगिताको केही महिनापछि पल भने म¥यो। तर वैज्ञानिकहरूले भने त्यस्तो शक्तिको निरन्तररूपमा प्रश्न गरिरहेका छन् ।
विश्वकप परिणामहरूबारे अनुमोदन गर्ने कुनै आधिकारिक तरिका छैन तर प्राध्यापक सिमोन्सजस्ता विज्ञहरू पनि बाजी लगाउने कम्पनीहरू परिणाम छनोट गर्न यस्ता अनेक विधि प्रयोग गर्ने स्वीकार्छन्।
कुनै पनि अनुमान शतप्रतिशत सही हुँदैनन् तर बाजी लगाउनेहरू यस्ता विधिहरू प्रयोगमा ल्याउने गर्दछन्। यसमा इतिहास र भूगोलले धेरै अर्थ राख्छ । सन्१९३० मा उरुग्वेमा पहिलोपटक खेल भएयता विश्वकपमा धेरै परिवर्तन भइसकेको छ । आकार, लोकप्रियता र महत्वका हिसाबले यो ठूलो भएको छ । प्रतियोगिता सुरु भएदेखि अहिलेसम्मका २१ खेलमा ७९ देशले प्रतिस्पर्धा गरिसकेका छन्। त्यसमा जम्मा आठवटाले मात्रै उपाधि जितेका छन्। पाँच पटक ब्रजिलले, इटली र जर्मनीले चार–चार पटक, त्यसपछि फ्रान्स, उरुग्वे र अर्जेन्टिनाले दुई–दुई पटक तथा इंगल्यान्ड र स्पेनले एक–एक पटक विश्वकप उपाधि जितेका छन् । ब्रजिल, जर्मनी र स्पेनले आफ्नो महादेशबाहिर पनि विश्वकप जितेका छन् । कुनै पनि अफ्रिकी देश क्वाटरफाइनल चरणबाट अघि बढेको छैन भने दक्षिण कोरिया सेमिफाइनलसम्म पुग्ने एक मात्रै एसियाली देश हो। सन्२०१० को उद्घाटन खेल हारे पनि अन्तिम प्रतियोगिता जित्ने स्पेन मात्रै हो । यो त भयो भबिष्यवाणी गर्ने हालसम्म प्रचलित बिधिहरु तर यहाँ जो सुकैको मनमा लाग्न सक्छ ? आखिर कतारमा जारी फुटबल खेलमा को बन्ला विश्वकप विजेता ?
त्यसो त ब्रजिलले सन्२००२ देखि यता विश्वकप जितेको छैन र उ विश्वकपको ट्रफी नउचाल्ने अन्तिम गैरयुरोपेली टोली हो। खेल सम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने एक संस्था ओप्टाले गरेको भविष्यवाणी अनुसार ब्रजिलका प्रशिक्षक टिटीको टोलीले छैठौँ पटक ट्रफी उचालेर रेकर्ड बनाउन सक्ने जनाएको छ । तरलिओनेल स्कालोनीले आर्जेन्टिना तेस्रो पटक च्याम्पिअन बन्ने दोस्रो ठूलो सम्भावना रहेको बताइएको छ । यता बीबीसी स्पोर्टका खेल पण्डितहरू मध्ये आठजनाले ब्रजिलले जित्नसक्ने अनुमान गरेका छन्भनेतीनजनाले आर्जेन्टिना बताएका छन्। त्यस्तै दुईजनालेफ्रान्सले ट्रफी आफ्नै साथ राख्ने अनुमान गरेका छन् र एकजना इङ्ग्ल्याण्डको पक्षमा देखिएका छन् । बास्तबमा भन्ने हो भने भबिष्यवाणीले मानिसको मनोदशालाई शान्त पार्ने काम गर्छ । फुटबल कुनैकम्प्यूटर सिमुलेशन हैन जसले प्रिसेटमा गेम खेलोस । यो त मानब–मानब बिच खेलिने भौतिक खेल हो । जहाँ मानिसहरुका आफ्नै शक्ति र कुशलता हुन्छ अझ सबैभन्दा ठुलो कुरा त यहाँ हरेक पल सम्भावनाले भरिएको हुन्छ । फरक यत्ति हो कि त्यो सम्भावनालाई कसले कतिबेला अबसरमा बदल्न सक्छ बिजयी उही हुन्छ ।

Comments

KATHMANDU WEATHER