
सुवानि फिल्मस ब्यानर र कुन्जना घिमिरे(सुन्तली)को निर्देशनमा सामाजिक विषयबस्तु समेटिएको ‘मै राम्री’ आगामी बिहीबारबाट प्रसारण हुने भएको छ ।
धुर्मुस सुन्तली युटुब च्यानलबाट प्रसारण सुरु हुन लागेको वेव सिरिज ‘मै राम्री’को निर्देशकमा कुन्जना घिमिरे(सुन्तली) रहेकी छन् भने धुर्मुस अर्थात सिताराम कट्टेल भने निर्माण सल्लाहाकारको रुपमा रहेका छन् ।
सुदिप कुवरको लेखन तथा कन्सेप्ट रहेको मै राम्री लाई राहुल राईले छाँयाकन गरेका छन् । सिरिजमा राम बाबु रेग्मी , गीता अधिकारि, दिनेश काफ्ले , सन्तोष बानियाँ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ । सन्तोष क्षेत्री र रविन भट्टले संयुक्तमा भिडियोको सम्पादन गरेका छन् ।
निर्देशकमा कुन्जना घिमिरेका अनुसार महिला दिदि बहिनीको विषयबस्तु र कथा समेटिएर निर्माण गरिएको ‘मै राम्री’ हरेक विहिबार साँझ ६.४५ बजे धुर्मुस सुन्तली युटुब च्यानलबाट पसारण हुनेछ । ‘मै राम्री’ को पहिलो प्रसारण आगामी बिहीबार (पुस २८) बाट हुने भएको छ । सिरिजले नेपाली समाजमा देखिने बिषयवस्तुलाई जस्ताको तस्तै उठान गरिएको र बिशेषगरी बालबालिका र महिलाहरुमा बिभिन्न बिषयले आउने उताढचढावलाई मुख्य उठान गर्ने बताइएको छ ।
-
-
2 years ago
भारतीय कोरियोग्राफर सरोज खानको निधन
Comments