Loading...
Logo
Image

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखकाे जिम्मेवारी दिएकाे छ । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजना गरेको विशेष कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका छन् ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पूर्वबैंकर शाहलाई पार्टीको प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । 

Comments