- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

आन्ध्र महासागरमा सय वर्ष अगाडि डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न समुद्रमुनि गएको पनडुब्बी वेपत्ता भएपछि त्यसको खोजी जारी छ । तर अहिलेसम्म पनडुब्बी फेला पर्ने कुनै संकेत छैन ।
पनडुब्बीमा रहेको अक्सिजन सकिन लागेकोले खोजी कार्यमा चिन्ता बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पनडुब्बी र त्यसमा सवार मानिस खोज्न लागिपरेका अधिकारीहरूका अनुसार अब उक्त पनडुब्बीमा थोरै मात्र अक्सिजन बाँकी छ, जसका कारण बचाउ अभियान अब निकै कठिन मोडमा पुगेको छ ।
यो खोजमा अमेरिकी, क्यानडेली नौसेना, समुन्द्रको गहिराइमा उत्रिने व्यावसायिक कम्पनी संलग्न छन् । हेलिकोप्टर, पानीजहाजले सोनार प्रविधिबाट पनि पनडुब्बीको खोजी तीव्र पारेका छन् ।
अमेरिकी तटरक्षकका अनुसार बचाउ अभियान निकै जटिल बन्दै गएको छ किनभने पनडुब्बीको स्थान पत्ता लगाउन सकिएको छैन । अमेरिकी अधिकारीहरूका अनुसार पनडुब्बी हराएको समुद्रमुनिको क्षेत्रबाट ठूलो आवाज पनि कैयौँपटक सुनिएका छन् ।
टाइटानिक हेर्न पनडुब्बीमार्फत समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा पुग्नुपर्छ । जबकी एउटा व्यावसायिक गोताखोर पानी भित्र ४० मिटर तल मात्र पुग्न सक्छ । अमेरिकासहितका देशका जलसेनाले प्रयोग गर्ने शैन्य पनडुब्बी पनि ३०० मिटरको गहिराइमा पुग्छन् । सूर्यको किरण पनि समुन्द्रको तल एक किलोमिटरसम्म मात्र पुग्छ ।
बेलायतको विशाल टाइटानिक जहाज अमेरिकाको न्युयोर्क सिटी जाने क्रममा सन् १९१२ मा हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो ।
-
3 years ago
भारतका पूर्व राष्ट्रपतिको कोरोनाका कारण निधन
-
3 years ago
जापानमा तातो हावाबाट हजारौं प्रभावित
-
Comments