Loading...
Logo
Image

नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना

भरतपुर महानगरपालिकाले नारायणी नदीको किनरामा अतिक्रमण गरेर बनाईएका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना मार्फत निर्देशन दिएको छ ।

नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन महानगरले सूचना मार्फत निर्देशन दिएको हो। असार ७ गतेबाट लागु हुने गरी ३५ दिन भित्रमा ति संरचना नहटाएमा महानगरपालिका आफैंले हटाउने सूचनामा उल्लेख गरिएको छ ।
महानगरले नारायणी नदीको तटवन्ध र नारायणीको पुल माथिको भागलाई सी बीच मोडलमा पूर्वाधार निर्माण गरिरहेको छ । नदी तटीय क्षेत्रमा विभिन्न व्यावसायिक संघसंस्थादेखि विभिन्न सामाजिक संघ संस्थाहरुले भवन बनाएका छन् ।

भरतपुर महाbनगरपालिका वडा नं. १ देखि वडा नं. २८ सम्म करिब ३८ किलोमिटर लामो नदी किनारमा बनेका संरचनालाई हटाउन महानगरले निर्देशन दिएको छ ।
 

Comments