Loading...
Logo
Image

बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक

बैंकहरुमा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले रिपोमार्फत तरलता खिच्न थालेको छ । 
बैंकहरुमा तरलता मात्र थुप्रिने तर कर्जा लगानी नहुँदा केन्द्रीय बैंकले बैंकहरुको पैसा तान्न लागेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत ब्याजदरभन्दा २ प्रशिशत विन्दुले अन्तरबैक ब्याजदरमाथि जाादा रिपोमार्फत तरलता बैकिङ प्रणालीमा पठाउने उल्लेख थियो । २ प्रतिशत बिन्दुले औसत अन्तर बैक ब्याजदर तल झरेमा रिभर्स रिपोमार्फत तरलता खिच्ने बताएको थियो ।

नीतिगत ब्याजदर ७ प्रतशत रहेको अवस्थामा अन्तरबैक ब्याजदर ५ प्रतिशतभन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्नुपर्नेमा ४ प्रतिशतबाट पनि तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता खिच्ने भएको हो ।

राष्ट्र बैंकले बजारमा न्यून तरलता हुँदा प्रवाह गर्ने र अधिक तरलता हुँदा तान्ने गरेको छ । अहिलेको अवस्था पनि बजारमा अधिक तरलता भएकाले तान्नुपरेको हो ।

Comments