Loading...
Logo
Image

विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह

इजरायल र हमासबीचको युद्धमा परि  हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । 

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज धनगढी विमानस्थलमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले यस्तो आग्रह गरेका हुन् । सुदूरपश्चिम महाेत्सवकाे उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनकाे रिहाइका लागि सकारात्मक पहल सरकारले गरिरहेकाे बताएका थिए । 

इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको पुष्टि भएको थियो । विपिन हमासकाे नियन्त्रणमा रहेकाे इजरायली सेनाले पुष्टि गरेकाे भए पनि उनकाे पछिल्लाे अवस्था अज्ञात छ । इजरायल र हमासबीच युद्धविराम गरी बन्धक र बन्दी रिहाइकाे सहमति भएकाे थियाे ।  त्यसबखत रिहाइकाे सूचीमा विपिन पर्न सकेका थिएनन् ।  विपिनका बुबाआमाले यसअघि पनि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर रिहाइकाे पहलका लागि आग्रह गरेका थिए ।

Comments

KATHMANDU WEATHER