Loading...
Logo
Image

पाकिस्तानमा शक्तिशाली विस्फाेट, १४ जनाकाे मृत्यु

पाकिस्तानमा बलुचिस्तान प्रान्तस्थित पिसिन जिल्लाको खानुजई क्षेत्रमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर भएको शक्तिशाली विस्फोटमा १४ जनाको मृत्यु भएको छ ।  विस्फोटमा परी ३० जना घाइते भएका छन् ।

स्वतन्त्र उम्मेदवार इसफन्दियार काकरको निर्वाचन कार्यालयबाहिर विस्फोट भएको बीबीसीले जनाएकाे छ । बम विस्फोट हुँदा निर्वाचन कार्यालयबाहिर ठूलो संख्यामा मानिसहरू उपस्थित रहेको अधिकारीहरूले बताएका छन् ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । केही घाइतेहरूको अवस्था चिन्ताजनक रहेको समाचारमा जनाइएकाे छ । खानुजाई बलुचिस्तानको राजधानी क्वेटाबाट ४० किलोमिटरको दूरीमा छ ।

पाकिस्तानमा भाेलि आम निर्वाचन हुँदैछ ।

Comments