Loading...
Logo
Image

कृषि हानिकारक बन्यजन्तु सुचिकृत हुँदै: सभापती थापा

संसदको कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिकी सभापति कुसुमदेबी थापाले गाँउघर तिर लगाईएका अन्नबाली बन्यजन्तुले नस्ट गर्ने क्रम बढेकाले कृषि हानिकारक बन्यजन्तु सुचिकृत गर्न लागिएको बताउनुभएको छ । अन्तराष्ट्रीय युवा दिवस २०२४ को उपलक्ष्यमा नेपाल युवा परिषदद्वारा आयोजित “कृषिमा युवा सहभागिता आजको आवसश्यकता” बिषयक कार्यक्रममा थापाले यस्तो बताउनु भएको हो । अब ऐननै संसोधन गरेर बाँदर, बँदेल, दुम्सी र निलगाइलाई कृषी हानिकारक बन्यजन्तु को रुपमा सुचिकृत गर्न लागिएको हो । काठमाडौंको धापासीस्थित रैथाने एग्री प्रोडक्टको सभा हलामा आयोजित कार्यक्रममा कृषी तथा पशुपन्छी मन्त्रालयका सहसचिब डा. रामकृष्ण श्रेष्ठले कृषिमा किटनाषक औषधिको बढ्दो प्रयोगले मानब स्वास्थ्यमा गम्भिर असर पारेको बताउनु भएको थियो। बढ्दो बिषादी प्रायोलेले प्रजनन तथा स्मरण शक्तिमा ह्रास आइरहेको छ यसलाई बेलैमा नियन्त्रण गर्न नसकिए भबिस्यमा गम्भिर समस्या उत्पन्न हुन सक्ने उहाँले बताउनु भएको थियो । त्यस्तै रैथाने एग्रो प्रोडक्टका अध्यक्ष तिलक ढकालले रैथाने चिजहरुको पुस्तान्तरण आजको आवश्यकता भएकोले यसले नै हाम्रो रिति, चाल चलन तथा बाली नाली जोगाउन सकिने कुरा बताउनुभएको थियो। त्यस्तै परिषदका उपाध्यक्ष शुदर्शन बिडारीले नेपाल युवा परिषदले गरेका हरेक कार्यक्रमले समाजमा राम्रो छाप छोड्न सफल भएकाले यस कार्यक्रमले पनि त्यस्तै प्रभाब पार्ने बिश्वास ब्यक्त गर्नुभयो । परिषदले गरेका ब्यक्तित्व बिकास कार्यशाला, SDGs फेस्टिबल, राष्ट्रीय तथा प्रदेश युवा सम्मेलन लगायतले कुनै न कुनै रुपमा छाप छोड्न सफल भएकोमा नेपाल सरकारले समेत कृषि लगानी दशक घोषणा गरेको अवस्थामा यस्तो कार्यक्रम युवाहरु माझ निरन्तर ल्याउने बाचा गर्दै यसले समाजमा राम्रो छाप बनाउन सफल हुने आशा ब्यक्त गर्नुभएको हो।
 कार्यक्रममा बिभिन्न बक्ताहरुको प्रस्तुती तथा अन्तर्कृया रहेको थियो ।  

Comments

KATHMANDU WEATHER