# Recent News
- काठमाडौं मोडेल कलेजमा कोरियन विश्वविद्यालयसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
- मानवअधिकार आयोगले माग्यो बालमन्दिर जग्गा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि
- पर्यटन प्रवर्द्धन गर्न ‘ऐना पोखरी' महोत्सव
- यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने
- निजामती सेवाबाट श्रेणी हट्यो, अब तहगत संरचना

त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । ६४ आङ्गिक क्याम्पसमध्ये त्रिविले २४ वटामा क्याम्पस प्रमुख नियुक्त गरेको हो । त्रिविले क्याम्पस प्रमुख नियुक्तिको सिफारिसका लागि छनोट तथा सिफारिस समिति गठन गरेको थियो ।
प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गर्ने, मूल्याङ्कन गर्ने भनेर कार्यविधिसमेत जारी भएको थियो । सोही समितिको सिफारिसका आधारमा क्याम्पस प्रमुखको आइतबार नियुक्ति गरिएको त्रिविले जनाएको छ ।
Comments