
निजामती सेवाबाट श्रेणी हटेको छ । अब निजामती सेवामा तहगत संरचना रहने गरी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको हो ।
सरकारले श्रेणीगत र तहगत दुवै प्रणाली राख्नेगरी विधेयकमा प्रस्ताव गरेकोमा समितिमा दफाबार छलफलका क्रममा तहगत प्रणाली मात्रै राख्ने सहमति जुटेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।
अब निजामती कर्मचारी सेवामा चौधौं तह रहने भएको छ । यद्यपि कतिपय सांसदले अतिरिक्त सचिवसमेत राखेर १५ औँ तह बनाउनुपर्नेमा जोड दिएका थिए ।
संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो । निजामती सेवामा अब तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएका छन् ।
प्रस्तावित विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिनेछ । । अब प्रस्तावित विधेयकको दफालाई तहगत संरचना रहने गरी मिलाइनेछ ।
-
-
1 month ago
साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका
-
1 month ago
फाल्गुनन्द–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन
Comments