
राष्ट्रिय मानवअधिकार आयोगले नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ ।
उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको जानकारी दिए ।
Featured News
-
-
1 month ago
साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका
-
1 month ago
फाल्गुनन्द–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन
Comments