काठमाडौं, चैत १४ गते । अस्पतालमा भर्ना भएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल जानुभएको छ ।
ओली अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना हुनुभएको थियो । उहा महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुनुहुन्छ
। प्रधानमन्त्री बिरामी भएर अस्पताल भर्ना भएपछि प्रचण्ड उहालाई भेट्न पुग्नुभएको हो । प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्ड बिहान साढे ११ बजेतिर महाराजगञ्ज पुग्नुभएको हो । ओली र प्रचण्डबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र कोरोना भाइरसको महामारीबारे झन्डै आधा घन्टा कुराकानी भएको थियो ।
मुटुको चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार मध्यरातमा अस्पतालमा लगिएको थियो । अहिले उहाको स्वास्थ्य अवस्था सामान्य रहेको र शुक्रबार साँझसम्ममा डिस्चार्ज गरिने चिकित्सकहरूले बताएका छन् ।
Comments