Loading...
Logo

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा उपचार गराई आज साँझ डिस्चार्ज हुनु भएको छ । उहाँ पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको  प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी गराउनुभयो
उहाँ बिहीबार राती ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना हुनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले  उपचार गराउनुभएको छ ।
उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

स्रोत: Gorkhapatra Online

Comments