- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
काठमाडौँ, चैत १५ गते । नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् । शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घले शुक्रबार यस्तो निर्णय गर्दै सरकारलाई केही दिनभित्रै न्यूनतम पनि करोड रुपियाँभन्दा बढी हस्तान्तरण गर्ने जनाएको छ ।
महासङ्घका अध्यक्ष बाबुराम थापाले कोरोना रोकथाममा सरकारी प्रयास तथा अभियानमा देशभरका शिक्षकको ऐक्यबद्धता रहेको उल्लेख गर्दै शिक्षकले महासङ्घलाई सहयोग गर्ने र महासङ्घले एकमुष्ठ रूपमा सरकारलाई सहयोग रकम हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो ।
सार्वजनिक विद्यालयमा स्थायी राहत तथा निजीसमेत गर्दा झन्डै दुई लाख सदस्यले सहयोग गर्ने जनाइएको छ । यसबाट न्यूनतम पनि एक करोडभन्दा बढी सहयोग सङ्कलन हुने अपेक्षा महासङ्घले गरेको छ । महासङ्घले सङ्क्रमणका बेला सबैलाई जोगिन र सचेत हुनसमेत आह्वान गरेको छ ।
यसैबीच नेपाल विद्यालय कर्मचारी युनियनले देशभरका विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारी कोषमा सहयोग गर्न आह्वान गरेको छ । युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले नगर स्तरमा समन्वय गरेर सहयोग सङ्कलन गर्न र सरकारलाई हस्तान्तरण कर्मचारीलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँले नगर तथा गाउँपालिका स्तरमा स्थानीय अवस्था हेरेर तीन दिन या पाँच दिन सम्मको तलब सुविधा सहयोग गर्ने योजना रहेको जनाउनुभयो । युनियन मातहतमा ३० हजारभन्दा बढी कर्मचारी विद्यालय तहमा कार्यरत छन् ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments