काठमाडौं, चैत्त १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा काेराेना भाइरस (कोभिड–१९) को संक्रमणकाे प्रभाव र राेकथामकाे तयारीबारे सरकारसँग जानकारी लिनुभएको छ ।
रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडालाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले जानकारी लिनुभएको हो ।
उहाँले संक्रमणविरुद्धको तयारीका लागि कुनै कसर बाँकी नराख्न मन्त्रीद्वयसँग भनेकाे शीतल निवास स्राेतले जानकारी दियाे ।
भेटमा मन्त्रीद्वयले सरकारले गरेको तयारी र अहिलेसम्मको अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।
स्रोत: Shilapatra.com
Featured News
Comments