Loading...
Logo

‘लकडाउन’ उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै उभ्याउँदै प्रहरी

काठमाडौँ, चैत १६ गते । प्रहरीले आइतबार (आज)बाट ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै उभ्याउने भएको छ । गत साताको मंगलबारदेखि कोरोना भाइरस (कोभिड- १९)को सम्भावित महामारीलाई रोक्न सरकारले देश पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

यसरी ‘लकडाउन’को अवज्ञा गर्नेलाई पक्राउ गर्दै आएको प्रहरीले आजबाट सडकमै २ घण्टा उभ्याएर ‘लकडाउन’बारे जानकारी दिएर छाड्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

‘हिजोसम्म लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्दै आएका थियौँ, आजबाट उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै कक्षा लिएर छाड्छौँ, भोलि पनि यसरी उल्लङ्घन गरे समय बढ्दै जान्छ,’ डीआईजी पोखरेलले भन्नुभयो  ।

आज बिहानै उपत्यकाको तीनवटै जिल्लाबाट लकडाउन उल्लङ्घन गर्ने १ हजार ४७ जनालाई २ घण्टा सडकमै राखेर कक्षा लिएर छाडिएको पोखरेलले बताउनुभयो ।

यसअघि प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ५ सयभन्दा बढीलाई दैनिक नियन्त्रणमा लिँदै आएको थियो । पक्राउ गरेर नियन्त्रणमा लिँदा अझ कोरोना भारसको संक्रमण बढी फैलिन सक्ने भन्दै प्रहरीले सडकमै कक्षा लिएर छाड्न लागेको हो ।

आज लकडाउनको छैैैैटौँ दिन हो । लकडाउनलाई सरकारले अझ बढाउने सङ्केत दिएको छ । हालसम्म नेपालमा ५ जनामा कोरोना भएको पुष्टि भएको छ ।

स्रोत: Shilapatra.com

Comments