काठमाडौँ, चैत १६ गते । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले देशैभरी लकडाउन गरेको छ । बाहिर निस्कन समेत रोक लगाएको यस्तो बेलामा साँझपख भने तरकारी तथा खाद्यान्न खरिद गर्ने स्थानीयको भीड हुने गरेको छ ।
तरकारी र अन्य खाद्यान्न खरिदको लागि बिहान र साँझपख स्थानीयहरु बाहिर निस्कँदा भीडभाड बढेर संक्रमण फैलने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार र सोमबार दुईदिन औषधि बाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गराएको छ । आइतबार बिहानदेखि नै गौरमा कुनै पनि पसल खुलेका छैनन् भने सुरक्षाकर्मीले स्थानीयलाई घर बाहिर निस्कन दिएका छैनन् ।
स्रोत: Online Khabar
Featured News
Comments