- नेपाली किसानका लागी खुसीको खबर, गाँजा खेतीबारे अध्ययन गर्दै सरकार
- बागमती प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक
- आजदेखि देशभर मतदाता नामावली संकलन कार्य पुनः सुरु
- ताराप्रसादको कविता तथा मुक्तक संग्रह "ताराबाट झरेका फूलहरु" सार्वजनिक
- काठमाडौंको काँडाघारी चोकको अस्तव्यस्त सडक, सम्बन्धित निकाय मूकदर्शक
काठमाडौं, चैत्र १६ गते । जब बिदा हुन्छ । सबैभन्दा बढी बालबालिका खुसी हुन्छन् । स्कुलबाट घर जाने अन्तिम घण्टी बज्छ । त्यो बेला छुट्टी छुट्टी... भन्दै फुरुक्क पर्ने बालबालिका । लामो बिदा हुँदा किन खुसी नहुन् ! तर, अहिलेको बिदा भने बालबालिकाको लागि फरक भएको छ ।
यसअघिका बिदामा घुम्ने, मामाघर जाने, शहरमा भए गाउँघर जाने नयाँ केही न केही गर्ने गरेका हुन्थे । तर, यो पटक वार्षिक परीक्षा दिएर बसेका बालबालिका घरमै बस्न बाध्य भएका छन् । कारण कोरोना भइरस (कोभिड १९) ।
लकडाउन भएपछि घरबाट बाहिर निस्कन बालबालिका पाएका छैनन् । छुकछुक गरिरहने बालबालिकालाई घरमा राखिरहन अभिभावकलाई सकस परेको छ ।
अरु बिदामा समेत अभिभाकलाई बालबालिका टाउको दुखाइ बन्छन् । यो पटक त झन्र भाइरसबाट बालबालिकालाई कसरी जोगाउने ? के गर्ने भन्ने थप तनाव भएकाे छ । यो समयमा बालबालिकालाई के गराउने ? घरमै कसरी पढाउने ? पाठ्यसामग्री कसरी जुटाउने ?
यस्ता छन्, शिक्षाविद् डा. विद्यानाथ कोइरालाका टिप्स ः
विद्यार्थीलाई प्याकेज बनाइदिने
विद्यालयले विद्यार्थीका लागि बिहानदेखि बेलुकासम्म के गर्ने भनेर प्याकेज बनाइदिनुपर्छ । अभिभावकले भनेको भन्दा शिक्षक शिक्षिकाले भनेको कुरा बालबालिकाले मान्छन् । त्यसैले बिहानदेखि बेलुकासम्म के गर्ने भनेर प्याकेज बनाइदिनुपर्छ ।
फोन वा अनलाइनबाट प्याकेज बनाउने
लकडाउनपछि आवातजावत गर्न मिलेन । यस्तो समयमा शिक्षकले अभिभावकलाई फोन गरेर प्याकेज दिन सक्छन् । इन्टरनेटको सुविधा भएको ठाउँमा सामाजिक सञ्जाल, अनलाइन, मेलबाट पनि प्याकेज दिन सकिन्छ ।
दूरसञ्चारको पनि प्रयोग गर्न सकिन्छ
जसरी अहिले कोरोनाको लक्षण र जोगिने उपाय प्रत्येकको फोनमा बज्छ । त्यसरी नै प्रत्येक कक्षाका बालबालिकाका लागि दिनको एउटा प्रश्न त्यसरी नै राख्न सकिन्छ । यसका लागि नेतृत्वसँग इच्छाशक्ति हुने हो भने सहजै पूरा गर्न सकिन्छ ।
अनलाइन शिक्षा
विद्यार्थी विद्यालय नगई घरबाटै पढ्न पढाउन सकिन्छ । धेरै देशहरूमा अहिले अनलाइन कक्षा चलिरहेको छ । यदि अनलाइन शिक्षाको व्यवस्था भएको हुन्थ्यो भने एसईई अन्तिम समयमा स्थगित गर्नुपर्ने थिएन । ओपेन मोडबाट परीक्षा दिन सकिन्थ्यो । चीनमा पनि एकैपटक परीक्षा गर्यो । यहाँ किन नसकिने ? ।
अनुसन्धान गर्न लगाउने
ठूला–ठूला अनुसन्धान होइन । बालबालिकालाई सानो–सानो अनुसन्धान घरमै गराउन सकिन्छ । एउटा फर्सी हजुरबा–हजुरआमाको समयमा कति पर्थ्याे ? बुबाको पालामा कति पर्यो ? अहिले कति पर्छ ? खोज्न लगाउने ।
राणाको समयमा किन बोल्न पाइएन ? कहिलेदेखि बोल्न पाउने व्यवस्था आयो ? कुन समयमा कस्ता परिवर्तन भए ? यस्ता कुरा खोज्न लगाउने ।
अहिले कालो बजारी बढ्दो छ । जंगबहादुरले कालोबजारी गर्नेलाई काट्नु भनेका थिए । हो, यस्ता कुरा खोज गर्न सिकाउने ।
कोरोना भाइरस विश्वभर फैलिएको छ । यसअघि कस्ताकस्ता भाइरस आए ? कसरी नियज्त्रण भए ? यी विषयमा अनुसन्धान खोज गर्न लगाउने ।
घरमै सिक्ने तरिका
बालबालिकाले घरमै बसेर सिक्ने तरिका पनि छ । खानेकुरा पकाउने तरिका सिकाउन सकिन्छ । नयाँनयाँ खानेकुरा कसरी पकाउने त्यो सिकाउन सकिन्छ । करेसाबारीमा सानासाना काम पनि सिकाउने यो समय हो ।
पठ्यसामग्री कसरी जुटाउने ?
इच्छा शक्ति हुने हो भने पाठ्यसामग्री जुटाउन समस्या छैन । फोन इन्टरनेट नभएको ठाउँको पाठ्यसामग्री भनेको अभिभावक नै हो । हजुरबा–हजुरआमालाई पुराना कुरा सोधेर अध्ययन गर्ने हो । फोन इन्टरनेट भएको ठाउँमा त जति पनि पाठ्यसामग्री छ । गुगलमा सर्च गर्ने हो भने धेरै सामग्री पाइन्छ । युटुबबाट पनि सिक्न सकिन्छ ।
पाठ्यसामग्रीका लागि एउटा घरभित्रको सञ्चार हुन्छ, जसले घरभित्रै छलफल गरेर अभिभावकबाट लिन सकिने हुन्छ । अर्को टेलिफोन, इन्टरनेट । त्यस्तै, अन्तर्राष्ट्रिय सञ्चार हुन्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका, पुराना किताबबाट पनि सामग्री पाइन्छ । यसरी विद्यार्थीलाई पढाउने हो भने विद्यार्थी, शिक्षक अभिभावक सबैको ज्ञान बढ्छ ।
यी वेबसाइटबाट पाइन्छ पाठ्यसामग्री
कोरोना भाइरसका कारण विद्यालय बन्द रहेकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकाको लागि उपयोगी पाठ्यसामग्री रहेको वेबसाइट उपलब्ध गराएको छ । त्यसबाट पनि बालबालिकालाई पढाउन सकिन्छ ।
पाठ्यसामग्री पाइने लिङ्क
https://www.youtube.com/ncedvirtual
https://moest.himalayantechies.com
https://pustakalaya.org/epaath/
https://pustakalaya.org/balpaathmala/
Comments