सिन्धुपाल्चोक, चैत १६ गते । विश्वभर कोभीड – १९ कोरोना भाईरसको महामारी फैलिए पछि नेपाल सरकारले यसको नियन्त्रण र रोकथामको लागि देश पुर्ण को घोषणा गरेको छ । तर सिन्धुपाल्चोकमा भने पुर्व सूचना तथा संञ्चार मन्त्री समेत रहेका मोहन वहादुर वस्नेतले भने राहत वितरको नाममा अनावश्यक हुल जम्मा गर्ने काम गरिरहनुभएको छ।
शनिवार वस्नेतले ठूलो सङ्ख्यामा कार्यकर्ता सहितको टोलि लिएर सडक मजदुरलाई राहत दिने भन्दै केही चामल, नुन लिएर लकडाउनको उल्लङ्घन गर्नुभएको छ । यस अघि दुई पटक ठूलो कार्यकर्ताको हुल सहित सूनकोशी गाँउपालिकामा वस्नेत पुग्नुभएको हो ।वस्नेतको टोलीले गरेको गतिविधीमा स्थानियले आपत्ति जनाएका छन् । सुरक्षित हुन सरकारले चालेको सकारात्मक कदमको वस्नेतले ठाडो उल्लङ्घन गरेको कतिपयले सामाजिक संञ्जालमा उल्लेख गरेका छन् ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले असुरक्षित आवागमन तथा हुलहुज्जत गर्न नपाइने बताउनुभयो । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्धार नीति वाट राहत सहयोग गर्ने निर्णय भैसकेको जानकारी समेत दिनुभयो । सरकारको नीति विरुद्धको काम कतै पाईएमा कारवाही गरिने उहाँको भनाई छ ।
-
2 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
-
Comments