Loading...
Logo

नेपालमा कोरोना परीक्षण गरिएकामध्ये ९ सय १२ को रिपोर्ट नेगेटिभ

काठमाडौँ, चैत १६ गते । अहिलेसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ९ सय १७ जनाको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार पत्रकार सम्मेलनमा अहिलेसम्म ९ सय १७ जनाको परीक्षण गरिएको बताउनुभएको हो । 

‘परीक्षण गरिएकामा ९ सय १२ जनाको नेगेटिभ देखिएको छ । ५ जनामा पाजेटिभ देखिएको छ,’ उहांले भन्नुभयो  ।

स्रोत: Shilapatra.com

Comments