Loading...
Logo

घर भाडा छुट दिन घरबेटीहरुसँग सरकारको आग्रह

काठमाडौ, चैत १७ गते सोमबार । आईतवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ ।

सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट दिन घरबेटीहरुसँग आग्रह गर्ने निर्णय भएको जानकारी गराइएको छ। मन्त्रिपरिषद्को बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सो बारे जानकारी गराउनुभएको हो।

स्रोत: Mero Online

Comments