Loading...
Logo

जन्मदिन मनाउन सीते बा ले बनाए फर्सिको केक

काठमाडौँ, चैत १८ गते मंगलवार । टेलिसिरियल सक्किगोनीका 'सीते बा' अर्थात कलाकार मधुसुधन पाठकले चैत १८ गते मंगलवार परेको आफ्नी आमाको जन्मदिन मनाउन फर्सिको केक बनाउनुभएको छ । 
कोरोना भाईरसको संक्रमण बढ्न नदिनका लागि लगाइएको लकडाउनका कारण घरमै परिवारसँग रहनुभएका मधुसुधन पाठकले बजारमा जान नमिल्ने र बजारमा केक पनि नपाईने भएपछी आफ्नी आमाको जन्मदिन मनाउन उहाँले आँफैले फर्सिको केक बनाउनुभएको हो । आफ्नै घरको फर्सिलाई आधा पारेर उसिनेर केक बनाइएको पाठकले बताउनुभएको छ । आफ्नो फकेबूकमा फर्सिको केक सहितको भिडियो राख्दै उहाँले सो कुरा बताउनुभएको हो । आँफैले बनाएको फर्सिको केक काट्दै आमाको जन्मदिन मनाउनुभएका पाठकले समय अनुसार चल्नुपर्ने सन्देश दिनुभएको छ साथै यो बिषम परिस्थितीमा घरबाट बाहिर निस्किन नमिल्ने सन्देश पनि दिनुभएको छ ।    

स्रोत: Mero Online

Comments

KATHMANDU WEATHER